१२ असार २०८३, शुक्रबार

नक्कली सुन देखाई यसरी ठगी गर्ने दुई पक्राउ

नक्कली सुन देखाई यसरी ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, ५ पुस - महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो । 

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाईं राख्नुहोस्, हामीलाई तपार्इंसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेँलो धातुको ढिक्का दिई रकम ठगेका थिए । 

महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्