१३ असार २०८३, शनिबार

गर्भाधानको २४ वर्षपछि जन्मिइन् बच्ची

गर्भाधानको २४ वर्षपछि जन्मिइन् बच्ची

काठमाडौं, ६ पुस — चौबीस वर्षपहिले सुरक्षित राखिएको एक भ्रूणबाट बच्ची जन्मिएकी छन् । 

आईभीएफ प्रविधिको खोज भएदेखि गर्भाधान र जन्मका बीचको यो सबभन्दा ठूलो अन्तर हो । 

अमेरिकामा यस भ्रूणलाई एक परिवारले एक संस्थालाई दान दिएको थियो । यस भ्रूणबाट जुन महिलाले बच्चीलाई जन्म दिइन् उनी आफैं भ्रूणको गर्भाधानका बेलामा डेढ वर्षकी थिइन् । 

यो बच्ची अब एमा रेन गिब्सन नामबाट चिनिनेछन् । एमाको भ्रूणलाई फ्रीज गरेर २४ वर्षसम्म सुरक्षित राखिएको थियो । यसै वर्षको मार्च महिनामा यो भ्रूण टिना गिब्सनको गर्भमा पसाइएको थियो । 

एमाको जन्म नोभेम्बरमा भएको हो । छब्बीस वर्षीया टिनाले सीएनएनसँग कुरा गर्दै भने, ‘यो भ्रूण र म उस्तै उमेरका हौं । हामी बेस्ट फ्रेन्ड पनि हुन सक्थ्यौं ।’

उनले थपिन्, ‘मलाई एउटा बच्चा चाहिएको थियो, विश्व कीर्तिमानसँग मलाई मतलब छैन ।’

राष्ट्रिय भ्रूणदान केन्द्र नामक संस्थाले यो निषेचित भ्रूण उपलब्ध गराएको थियो । यस्ता भ्रूण लामो समयसम्म जम्ने तापक्रममा सुरक्षित राखिने हुनाले चिकित्सकहरू उनीहरूलाई स्नो बेबीज भन्छन् । 

अमेरिकाको टेनेसी प्रान्तको नक्सभिल शहरस्थित यो संस्था दम्पतीहरूलाई भ्रूण दान गर्न प्रोत्साहन गर्छ ताकि अन्य अन्य दम्पतीले यसको फाइदा उठाउन सकून् । 

टिना र बेन्जामिन गिब्सन यस संस्थामा पुगे र भ्रूण पाए । सिस्टिक फायब्रोसिस नामक रोगका कारण बेन्जामिन पिता बन्न सक्दैनथिए । 

एमाको गर्भाधान अक्टोबर १९९२ मा भएको थियो । टिना अब एमाकी आमा हुन् र १९९२ मा उनी लगभग डेढ वर्षकी थिइन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्