१९ असार २०८३, शुक्रबार

हिमालयन डिष्टिलरी लिमिटेडको नगद लाभांस पारित

हिमालयन डिष्टिलरी लिमिटेडको नगद लाभांस पारित

काठमाडौं, ६ पुस- हिमालयन डिष्टिलरी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, विरगन्ज म.न.पा. २१, लिपनिविर्ता पर्सामा मिति २०७४ साल मंसिर २९ गते सम्पन्न भयो । सो सभा कम्पनीका संचालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको अध्यक्षतामा भएको र सो सभामा कम्पनीका संचालक नरेन्द्र कुमार वस्न्यात्, श्री शंकर राज पाण्डे र श्री साण्टु श्रेष्ठ लगायत शेयरधनीहरुको उपस्थिती रहेको थियो । उक्त सभामा कम्पनीको सम्पूर्ण शेयर संख्या मध्ये ९५ प्रतिशत भन्दा वढिको प्रतिनिधीत्व रहेको सभाका सहजकर्ता तथा संचालकले जानकारी गराउनु भएको थियो । 


उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गर्नुका साथ साथै कम्पनीले आर्जन गरेको मुनाफाबाट सम्पूर्ण शेयरधनीलाई नगद लाभंसमा लाग्ने कर सहित प्रति शेयर रु.२१।०५ मात्रका दरले नगद लाभांस वितरण गर्ने निर्णय समेत गरेको छ ।

साथै संचालकको चयन गर्ने विषयमा निर्वाचन कार्यक्रम प्रकाशित गरि सो अनुसार को कार्य गर्दा कम्पनीका संस्थापक समुहबाट श्रीमती रहिशा शाह श्रेष्ठ,  अखिलेश्वर प्रसाद सिंह र  नरेन्द्र कुमार वस्न्यात् सर्व साधारण समुहबाट  शंकर राज पाण्डे र साण्टु श्रेष्ठको मात्र मनोनयन÷उम्मेदरवारी परेको र सो शंख्या कम्पनीको नियमावली बमोजिम हुनु पर्ने संचालक सदस्यहरुको रहेकोले मनोनयन दर्ता गर्ने निर्विरोध निर्वाचित हुनु भएको घोषणा निर्वाचन अधिकृत अधिवक्ता रामेश्वर सेढाईले गरी उपस्थित निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र उपलब्ध गराउनुका साथ साथै सफल कार्यकालको कामना समेत व्यक्त गर्नु भएको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्