०१ असार २०८३, सोमबार

पोथी माछालाई भाले बनाउने अनुसन्धान सफल

पुस ७, २०७४
पोथी माछालाई भाले बनाउने अनुसन्धान सफल

सुनसरी, ७ पुस– क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पाथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ । वर्षमा छदेखि सातपटकसम्म बच्चा उत्पादन गर्दा पोथीको वृद्धि विकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान शुरु गरेको थियो ।

सन् १९८५ मा थाइल्यान्डबाट बीउ आयात गरिएको टिलापिया जातको माछाको पोथीलाई भाले बनाउने अनुसन्धान सफल भएको मत्स्य वैज्ञानिक उमिता साहले बताइन् । यो जातको माछाले वर्षमा छदेखि सातपटकसम्म बच्चा काड्छ। उनले भनिन्, ‘अनुसन्धान ९५देखि ९९ प्रतिशतसम्म पोथीलाई भाले बनाउन सफल भयो।’ कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्