
विराटनगर, ७ पुस- जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण गराउन विराटनगर महानगरपालिकाले सुराकीलाई भत्ता दिने तयारी गरेको छ ।
फोहोरमैला नियन्त्रण निर्देशिका लागू गरेर व्यापक जनचेतना जगाए पनि जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण नभएपछि महानगरपालिकाले फोहोर फ्याँक्नेहरूलाई कानुनअनुसार कारबाही गराउन सूचना दिने सुराकीलाई भत्ता दिने तयारी गरेको हो, नयाँ पत्रिकामा खबर छ ।