०३ असार २०८३, बुधबार

वाम गठबन्धनको विजयलाई दिल्लीले नरुचाएको टिप्पणी हुँदा आयो मोदीको यस्तो फोन

पुस ७, २०७४
वाम गठबन्धनको विजयलाई दिल्लीले नरुचाएको टिप्पणी हुँदा आयो मोदीको यस्तो फोन

काठमाडौँ, ७ पुस  — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकार गठनलगत्तै भारत भ्रमणमा आउन अग्रिम निम्तो दिएका छन् । साथै उनले ओली नेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएको एमालेले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनै शीर्ष नेतासँग बिहीबार फोन–संवाद गर्दै प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका थिए । मोदीले ‘अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने’ विश्वास पनि व्यक्त गरेका छन् ।
भारतले निर्वाचन सकिएको १० दिनपछि विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको निर्वाचन सफल भएकामा बधाई दिएको थियो । त्यस अतिरिक्त यस मामिलामा कुनै प्रतिक्रिया नजनाएको उसले एकैपटक प्रधानमन्त्री तहबाट तीनै दलका शीर्ष नेतालाई फोन गरेर राजनीतिक संक्रमण अन्त्य भई नेपाल स्थायित्वतर्फ अघि बढ्ने विश्वासव्यक्त गरेको हो ।
वाम गठबन्धनको विजयलाई दिल्लीले नरुचाएको भारतीय सञ्चारमाध्यममा टिप्पणी आइरहेका बेला मोदीले उच्च राजनीतिक स्तरमा सम्पर्क राख्न चाहेका हुन्, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्