०७ असार २०८३, आइतबार

‘शेरबहादुर’को ट्रेलर सार्वजनिक

पुस ७, २०७४
‘शेरबहादुर’को ट्रेलर सार्वजनिक

काठमाडौँ, ७ पुस –  ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । माघ १९ देखि प्रदर्शनमा आउने शेरबहादुर फिल्मको बिहीबार युट्युबमार्फत ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । 
आर राजवंशीको निर्देशनमा बनेको फिल्ममा अवकासप्राप्त आर्मीको कथा प्रस्तुत गरिएको छ । फिल्ममा सुनील थापा, कामेश्वर चौरसिया, रविन्द्र झा, मेनुका प्रधान, महेश शाक्य कर्मालगायतले अभिनय गरेका छन् । छायांकार गौरीशंकर धुजू निर्माता रहेको फिल्मको ८० प्रतिशत दृष्य सेट लगाएर खिचिएको छ, नयाँ पत्रिकामा खबर छ । 
 

कमेन्ट गर्नुहोस्