२४ जेठ २०८३, आइतबार

स्पेनमा स्वतन्त्रता पक्षधर पार्टीको जीत, प्रधानमन्त्रीलाई संकट

स्पेनमा स्वतन्त्रता पक्षधर पार्टीको जीत, प्रधानमन्त्रीलाई संकट

स्पेनमा क्याटलान पक्षहरुको पार्टीले क्षेत्रीय संसदको चुनावमा बहुत स्थानमा जित हात पारेपछि स्पेन संकटमा परेको छ । 

जसका कारण स्पेनको केन्द्र सरकारसँग मुठभेडको अवस्था आउनसक्ने बीबीसीले जनाएको छ । 

चुनावमा सिटिजन्स पार्टी सवैभन्दा ठूलो पार्टी बनेको छ । 

स्पेन्नको केन्द्रीय सरकारले क्याटलोनियाको स्वायत्ततालाई खोस्दै अक्टोबरमा भएको स्वतन्त्रासम्बन्धी जनमत संग्रहलाई गैर संवैधानिक घोषणा गरेर चुनाव गराएको थियो । निर्वाचनमा ८० प्रतिशत भन्दा धेरै मत खसेको थियो यो क्याटलोनियाको चुनावी इतिहासको सवै भन्दा धेरै हो । 

क्याटलान टुक्राउने पक्षका नेता कार्लस पुज्डमोनले स्वतन्त्रता समर्थक पार्टीहले जीत हात पारेको बताएका छन् । ब्रसेल्समा निर्वासनमा रहेका उनले क्याटलान नागरिकलाई पृथकताको पक्षमा मतदान गर्न समेत भिडियो मार्फत आह्वान गरेका थिए । 

उनीमाथि स्पेन सरकारले देशद्रोहको अभियोग लगाएका छन् । 

कुल १३५ सीटमध्ये पृथकतावादी पार्टीले २५ प्रतिशत भोट ल्याउँदै ३६ सीटमा जित हात पारेको छ । सिटिजन्स पार्टीकी नेतृ इनिस अरिमाडसले गठवन्धन बनाउने प्रयास गर्ने बताएकी छिन् । मत परिणामले स्पेनी प्रधानमन्त्री मारिआनो रखोयलाई भने धक्का पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्