०६ साउन २०८३, बुधबार

शिवम् सिमेन्ट्स १२.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

मंसिर २५, २०८२
काठमाडौं
शिवम् सिमेन्ट्स १२.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक बर्ष २०८१/०८२ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जसले १२.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । 

वार्षिक साधारणसभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका वार्षिक प्रगति प्रतिवेदन, आव २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन एवं आव २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र कम्पनीले आर्जन गरेको खुद मुनाफा रकमबाट चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ०८ हजार ५ सय को दश प्रतिशत बराबर हुने ५४ करोड ५६ लाख ८० हजार ८५० रूपैयाँ नगद र २.५ प्रतिशतका दरले हुन आउने १३ करोड ६४ लाख २० हजार २१२ रूपैयाँ ५० बराबरका रू १०० दरका १३ लाख ६४ हजार २०२ थान बोनस शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । 

हालको चुक्ता पूँजी  ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५०० को नगद लाभांश र बोनस शेयर समेत गरी आफ्ना शेयरधनीलाई १२.५ प्रतिशतका दरले कूल जम्मा  ६८ करोड २१ लाख १ हजार ६२ रूपैयाँ ५० पैसा मुनाफा वितरण गर्ने प्रस्ताव पनि पारित भएको कम्पनील जनाएको छ ।

वार्षिक साधारणसभाको निर्णय बमोजिम बोनस शेयर वितरण गरेपश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजीमा बृद्धि भई जारी तथा चुक्ता पूँजी ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार ७१२ रूपैयाँ ५० पैसा कायम भएको छ । 

वार्षिक साधारणसभामा कम्पनीका सञ्चालक अध्यक्ष गौरव गोयलले शेयरधनीहरूले सभामा व्यक्त गरेका राय, सुझाव र सल्लाहलाई कम्पनीले ग्रहण गर्दै अगाडि बढ्ने बताए ।

उनले कम्पनीको भावी योजनाका बारेमा समेत संक्षिप्तमा प्रकाश पारे ।

salt training

कमेन्ट गर्नुहोस्