२५ जेठ २०८३, सोमबार

हात्तीले बिजुलीको पोल ढालेपछि पश्चिम नेपालमा लोडसेडिङ !

हात्तीले बिजुलीको पोल ढालेपछि पश्चिम नेपालमा लोडसेडिङ !

नेपालगन्ज, ७ पुस– हात्तीले बिजुलीको हाइटेन्स लाइनको टावर ढालिदिए पछि पश्चिम नेपालका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या भएको छ । 

जंगली हात्तीले कुसुम र कोलहपुरबीच पर्ने बाँकेको समशेरगञ्जमा १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढालेको हो । उक्त प्रसारणलाइनको टावर नम्बर ४८५ क्षतिग्रस्त भएर नेपालबाट उत्पादित हुने विद्युत कोहलपुर सवस्टेशनमा आपूर्ति हुन नसकेको नेपाली विद्युत प्राधिकरणले जनाएको छ । 

नेपालबाट उत्पादन हुने विद्युत सोही प्रसारण लाइन हुँदै कोहलपुरबाट बाँकेको भुरी गाउँ, कैलालीको पहलमानपुर तथा अत्तरिया र कञ्चनपुरको लालपुर सवस्टेसनमा आपूर्ति हुन्थ्यो । तर हात्तीले टावर ढालिदिएपछि अहिले कोहलपुरसहित त्यस उता टनकपुर सवस्टेशन हुँदै भारतबाट आयात हुने विद्युत मात्रै आपूर्ति भइरहेको छ । 

टावर ढलेपछि सुदूर र मध्यपश्चिम क्षेत्रमा करिव २० मेगावाट विद्युत अभाव भएको नेपाल विद्युत प्राधिकरण कोहलपुर सवस्टेशनका कर्मचारीले बताए ।  

२० मेटावाट जति विद्युत अभाव भए पछि पिक आवरमा विद्युतभार कटौती (लोडसेडिङ) गर्नु परेको प्राधिकरणले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्