
काठमाडौं, ७ पुस– नेपालबाट भारतको बाटो हुदै महिलालाई बिदेश लैजाने भनी भारतको बलैइ गाँउसम्म लैजाने जिम्मा लिएका बाँके कोहलपुर नगरपालिका–९ भवानीपुर बस्ने ३३ बर्षीय नवराज हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले शनिबार बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित बोर्डर नाकामा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारतको बाटो हुदै बिदेश लैजाने भनी सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३९ बर्षीया महिलालाई भारतको बलैइ गाँउसम्म लैजान लागेको अवस्थामा निजलाई पक्राउ गरी महिलाको उद्धार गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।