
काठमाडौं, ९ पुस– स्पेनिस ला लिगामा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गरेको छ ।
शनिबार साँझ भएको सिजनको पहिलो एल क्सासिकोमा बार्सिलोनाले रियललाई उसैको घरेलु मैदानमा ३–० ले स्तब्ध पारेको हो ।
बार्सिलोनाको जीतमा लियोनल मेसी, लुइस सुआरेज र एलेक्सिज भिडालले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको थियो ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले रियल म्याड्रिडसँग १४ अंकको अग्रता लिएको छ । यद्यपी रियलले एक खेल कम खेल्न बाँकी रहेको छ ।