०९ साउन २०८३, शनिबार

नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सम्झौता

विद्यार्थी र अनुसन्धानकर्ताका लागि नयाँ अवसर
पुस ८, २०८२
काठमाडौं
नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सम्झौता

नेपाल मेडिकल कलेज र जापानको कोबे तोकिवा विश्वविद्यालयबीच चिकित्सा विज्ञान क्षेत्रमा संयुक्त अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने उद्देश्यले समझदारी भएको छ ।

मंगलबार कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारी र विश्वविद्यालयका कुलपति तादाशी नाकामुराले हस्ताक्षर गरेका छन् ।

null

समझदारीअनुसार दुईवटै संस्थामा कार्यरत फ्याकल्टी तथा पीजी, पीएचडी, डीएम एमसीएच अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक इन्टर चेन्ज रणनीतिअनुसार अध्ययन अनुसन्धान गर्न सक्नेछन् ।

यो समझदारीले नेपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूसँगै फ्याकल्टीहरूलाई पनि फाइदा हुने कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले बताए ।

नेपाल मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित भए पनि सरकारले लागू गरेका स्वास्थ्य बीमाहरू समेत सञ्चालन गरी गरिब, विपन्न नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको उनले बताए । 

null

null

salt training

कमेन्ट गर्नुहोस्