०१ असार २०८३, सोमबार

आफू हलीको छोरो भएको भन्दै ओलीले भने यस्तो

पुस ९, २०७४
आफू हलीको छोरो भएको भन्दै ओलीले भने यस्तो

काठमाडौं, ९ पुस–एमाले अध्यक्ष केपी ओलीले हली गोठालेका छोरा भएकाले आफूमा उच्च घरानीया जस्तो शासकिय अहंकार र दम्भ नभएको बताएका छन्  । 
सन्त नेता स्वर्यीय कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूमा अहंकार नभएको बताएका हुन् । 
ललितपुरको बाँडेगाउँमा सन्त्तनेता भट्टराईको आश्रममा आयोजित कार्यक्रमा प्रमुख अतिथिका रुपमा निम्त्याइएका ओलीले सेवकका रुपमा देश र जनताको पक्षमा बाँकी जीवन समर्पण गर्ने बताए । 
ओलीअघि बोलेका कांग्रेस नेता प्रदीप गिरीले श्री ३ जत्तिकै प्रभावशाली व्यक्तित्व भनेपछि ओलीले प्रतिवाद गरेका थिए, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्