१० साउन २०८३, आइतबार

बक्सअफिसमा चल्यो सलमानको जादू, ‘टाइगर जिन्दा है’ले कति कमायो ?

पुस ९, २०७४
बक्सअफिसमा चल्यो सलमानको जादू, ‘टाइगर जिन्दा है’ले कति कमायो ?

बलिउड अभिनेता सलमान खान र कैटरीना कैफको जोडीलाई यसपटक पनि दर्शकहरुले खुव मन पराइरहेका छन् । यसअघिको फिल्म ‘ट्यूवलाइट’ फ्लप भएर चिन्तामा रहेका सलमान खानका लागि ‘टाइगर जिन्दा है’ले नयाँ उर्जा ल्याएको मान्न सकिन्छ । 

‘टाइगर जिन्दा है’ मार्फत सिनेमाघरमा सलमानको जादू चलेको छ । फिल्मले रिलिज भएको दुई दिनमै ७० करोड रुपैयाँ भारु कमाइ सकेको छ । यो आंकडा भारतको मात्रै हो । 

‘टाइगर जिन्दा है’ले रिलिजको पहिलो दिन ३४.१० करोड र दोस्रो दिन ३५.३० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यो आंकडा केवल भारतीय बजारको मात्रै हो । भारत बाहिर पनि फिल्मले राम्रो व्यापार गरेको जनाइएको छ । भारत बाहिर अस्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डमा फिल्मले राम्रो कारोवार गरिरहेको बताइएको छ । 

बलिउडका व्यापार विशेषज्ञ तरण आदर्शका अनुसार ‘टाइगर जिन्दा है’ले पहिलो दिनमा भारत बाहिर अस्ट्रेलिया र न्यूजिल्यण्डमा कूल २.७ करोड रुपैयाँ कलेक्सन गरेको थियो । फिल्मले अस्ट्रेलियामा १.९६ करोड र न्यूजिल्याण्डमा ८०.१२ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको तरणले जनाएका छन् । 

–एजेन्शीकाे सहयाेगमा
 

salt training

कमेन्ट गर्नुहोस्