०७ असार २०८३, आइतबार

महँगी बढ्योः राष्ट्र बैंक, कात्तिकमा मूल्य वृद्धि बढी

पुस १०, २०७४
महँगी बढ्योः राष्ट्र बैंक, कात्तिकमा मूल्य वृद्धि बढी

काठमाडौं, १० पुस– कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो ।

असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो । २०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियाो ।

दुई वर्षअघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्