२६ असार २०८३, शुक्रबार

नारायणगोपाल स्मृति साँझमा १२ कलाकारले गीत गाउने

पुस ११, २०७४
नारायणगोपाल स्मृति साँझमा १२ कलाकारले गीत गाउने

भक्तपुर, ११ पुस– यहाँ पहिलो पटक यही पुस २२ गते ‘स्वरसम्राट् नारायणगोपाल स्मृति साँझ’ हुने भएको छ । 
भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा हुने कार्यक्रममा गायक कर्णदासलगायत राष्टिय«स्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले नारायणगोपाल गुरुवाचार्यका गीत गाउने  सोमबार आयोजित पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष कपिल कसपालले जानकारी दिए । 

भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारलाई गोलबद्ध गर्दै जाने उद्देश्यका साथ एक महिना अगाडि स्थापित समाजको उक्त कार्यक्रममा गुरुवाचार्यका मन छुने गीतलाई करिब १२ कलाकारले गाउने जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्