
काठमाडौं, ११ पुस– राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सोमबारको सट्टा मंगलबार बस्ने भएको छ । सोमबार दिउँसो १ बजे तय बैठक अध्यक्ष मण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेकाले मंगलबार सारिएको जानकारी पार्टी केन्द्रीय कार्यालयले दिएको छ ।
बैठक निर्वाचनको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन, रेशमलाल चौधरीलाई विजयको घोषणामा सर्वोच्च अदालतको आदेश लगाएतमा केन्द्रित हुने पार्टी स्रोतले बताएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।