०५ असार २०८३, शुक्रबार

ओली र प्रचण्डबीच ६ घन्टासम्म लामो संवाद, समझदारी राख्दा दोस्रो तहका नेताहरूसमेत बेखबर

पुस ११, २०७४
ओली र प्रचण्डबीच ६ घन्टासम्म लामो संवाद, समझदारी  राख्दा  दोस्रो तहका नेताहरूसमेत बेखबर

काठमाडौँ, ११ पुस- वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको ‘मोडालिटी’ टुंग्याएर एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको छ । ‘वान टु वान’ भेटवार्ता र टेलिफोन संवादमा दुई नेताबीच पार्टी एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको हो । एकता ‘मोडालिटी’को गृहकार्य अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूको दाबी छ, नयाँ पत्रिकामा  खबर छ  ।

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम सार्वजनिक भएपछि दुईपटक ओली र प्रचण्डबीच ६ घन्टासम्म लामो संवाद भएको छ । उनीहरुबीच नियमित टेलिफोन कुराकानी भइरहेको छ । तर, दुवै नेताले सबै टुंगो नलागेसम्म गोप्य राख्ने समझदारी गरेका कारण दोस्रो तहका नेताहरूसमेत संवादको समझदारीबारे बेखबर छन् ।

‘एकताको मोडालिटीलगायत समग्र कुराकानी सकारात्मक रूपमा टुंगिँदै गएको जानकारी पाएका छौँ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले दुई अध्यक्षबीच मात्रै कुराकानी भइरहेका कारण परिपक्व भइसकेपछि मात्रै सबै कुरा बाहिर आउनेछ ।’

ओली र प्रचण्डबीच पुसयता दुईपटक वार्ता भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्