२५ जेठ २०८३, सोमबार

राष्ट्र बैंकले रोक्यो हायर पर्चेज कर्जाको अनुमति

पुस ११, २०७४
राष्ट्र बैंकले रोक्यो हायर पर्चेज कर्जाको अनुमति

काठमाडौं, ११ पुस– हायर पर्चेज कर्जा दिने कम्पनीहरुको नयाँ अनुमति राष्ट्र बैंकले स्थगित गरेको छ । हायर पर्चेजसम्बन्धी नीतिगत व्यवस्था पुनरावलोकन हुन लागेकाले केही समयका लागि पुरानो व्यवस्था स्थगित गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले कही दिनअघि सूचनामार्फत यस्तो जानकारी दिएको हो । ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था ०७० सम्बन्धी नीतिगत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि थप निवेदन लिने कार्य स्थगित गरिएको छ,’ राष्ट्र बैंकद्धारा सार्वजनिक सूचनामा उल्लेख छ । हाल राष्ट्र बैंकबाट अनुमति लिएर ८ वटा कम्पनीले ग्राहकलाई हायर पर्चेज कर्जा प्रदान गर्दै आएका छन्, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्