२९ जेठ २०८३, शुक्रबार

सरकार गठनभन्दा पहिले पार्टी एकता : मन्त्री पोखरेल

पुस ११, २०७४
सरकार गठनभन्दा पहिले पार्टी एकता : मन्त्री पोखरेल

विराटनगर, ११ पुस– विनाविभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारे । 

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गरे ।  निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने उनको भनाइ छ । 

पोखरेलले राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्नेमा जोड दिए । मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता उनले औँल्याए । 

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको बताए । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्