×

NMB BANK
NIC ASIA

२० सेकेण्डभित्रै आगलागी नियन्त्रण गर्न सकिने प्रविधि नेपालमा

पुस ११, २०७४

NTC
Premier Steels

काठमाडौं, ११ पुस–पुस ५ गते वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भयो । आगलागीमा परि दुई जनाको मृत्यु भयो भने केही घाइते भए । आगलागीका कारण करौडौंको क्षति भयो । आगलागी नियन्त्रणका लागि गएको अग्नी नियन्त्रक दमकल समेत उक्त आगलागीका क्रममा जल्न पुग्यो ।

Muktinath Bank

उद्योगधन्दा र प्रज्वलनशिल पदार्थ भएको स्थानमा आगलागीको जोखिममा वृद्धि भएपनि जोखिम न्युनकरणका लागि नेपालमा प्रभावकारी विकल्प तथा योजनाको कमी देखिन्छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रभावकारी अग्नी नियन्त्रणका उपकरणको अभावमा आगलागी समयमा नियन्त्रण गर्न नसक्दा कयौं पटक यस्ता क्षति ब्यहोर्नुपरेको छ ।  अग्नी नियन्त्रणलाई मध्यनजर गर्दै बजारमा धेरै खालका फायर रेस्कु ग्यास उपकरण उपलव्ध भएको भएपनि तिनको प्रयोग त्यति प्रभावकारी हुन सकिरहेको छैन । 


Advertisment
Nabil box
Kumari

Vianet communication

जापानी प्रविधिको अग्नीनियन्त्रक

आगो नियन्त्रणका लागि जापानी प्रविधिमा आधारित अग्नी नियन्त्रण गर्ने फायरस्क्यू नेपाली बजारमा उपलव्ध छ ।  काठमाडौंको नक्सालस्थित अब्सोलुट इन्टरनेसनल प्रालिले अत्याधुनिक जापनिज अग्नी नियन्त्रक (फायररेस्क्यू) नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले आगलागी भएको ४ देखि २० सेकण्डभित्रमा आगो नियन्त्रण गर्नसक्ने क्षमता यस उपकरणमा भएको दाबी कम्पनीले गरेको छ । यो उपकरण प्रयोग गर्न विशेष तालिमको आवश्यकता नपर्ने र बृद्धा तथा बालबालिकाले समेत सजिकै प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।  

अत्यन्त कम समयमा आगो निभाउन सक्ने क्षमता भएको नेपाली परिवेस सुहाउँदो अत्याधुनिक जापानिज प्रविधिबाट निर्मित उपकरण निकै उपयोगी रहेको कम्पनीले जनाएको छ । 

सो अग्नी नियन्त्रकको प्रयोगले वातावरणमा कुनै पनि असर नपार्ने, घर, कार्यालय, अस्पताल, स्कूल, कलेज, पसल, होटल, पेट्रोलपम्प तथा उद्योगहरुमा राखेर प्रयोग गर्न सकिन्छ । 

रिफिल गरिहनुपर्ने झण्झटबाट मुक्त समेत नरहेको सो उपकरण निकै सस्तो, भरपर्दो र प्रभावकारी छ । नेपालमै यस्तो खाले उपकरण पहिलो भएको कमपनीको दाबी छ ।

‘५ वर्षमा आगलागी ९० प्रतिशत घट्छ’

कम्पनीका अध्यक्ष नवीन थापा भन्छन्, ‘आगलागीको उच्च जोखिम रहेको नेपालमा यो प्रविधि निकै उपयोगी देखेर जोखिम मोलेको हुँ । यसको प्रयोग बढाए आगामी ५ वर्षभित्र आगलागीको जोखिम ९० प्रशित घटाउन सकिन्छ ।’ 

सरकारले नै अगालागी नियन्त्रकको प्रयोग गर्न कानूनी बाध्यता गर्नुपर्ने थापाको तर्क छ । 

उनी भन्छन्, ‘सरकारले घर निर्माण सम्पन्न गर्दासम्म अनिवार्य हुनुपर्ने सामग्री जस्तै अग्नी नियन्त्रक पनि अनिवार्य गर्नुपर्छ । जसले जोखिम घटाउँछ ।’

नेपालीहरु दुर्घटना तथा जोखिम न्यूनिकरणबारे पहिले सतर्क हुनै नमान्ने उनको अनुभव छ । 

यो अत्याधुनिक प्रविधि नेपालको भित्र्याएको एक वर्षको अवधिमा २५ सय देखि ३ हजार सिलिण्डर बिक्री भएको थापाले बताए । 

‘यस्तो प्रविधि बेच्न कसरी कन्भिन्स गर्नुहुन्छ ?’ लोकान्तरको प्रश्नमा थापा भन्छन्, ‘निकै कठिन छ, आगलागी हुनुभन्दा पहिले त नेपाली आगलागी हुन्छ र ? भनेर प्रतिप्रश्न गर्ने तर दुर्घटनापछि पछुताउने प्रबृत्ति छ । यसका लागि सार्वजनिक तथा कानूनी बाध्यता नै उत्तम उपाय हो ।’

४५ फिटको दुरीमा रहेको आगो नियन्त्रण

सोडियम क्लोराइड, एमोनियम बाइकार्बोनेट, युरिया, एमोनिया सलग्रेटजस्ता पदार्थबाट बनेको सो अत्याधुनिक अग्नी नियन्त्रकलाई पानीमा मिसाएर समेत आगो निभाउन सकिने थापा बताउँछन् । 

उनका अनुसार सो उपकरणलाई माइनस १० देखिप्लस ६० सेण्टिग्रेडसम्मको तापक्रममा राख्न र प्रयोग गर्न सकिन्छ ।  

कम्पनीले सामान्यतया ६ सय ५० मिलिलिटर अग्नी नियन्त्रक पदार्थ रहेको सिलिण्डर बनारमा पठाउने गरेको छ । कम्पनीकाअनुसार एक सिलिण्डरले सामान्यतया एउटा कोठामा लागेको आगोलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । 

एक सिलिण्डर (फायरस्क्यू) (६ सय ५० मिमिललिटर) मा ६ लिटरभन्दा माथि पानी मिसाएर समेत प्रयोग गर्न सकिन्छ ।  

४५ फिटको दुरीमा रहेको आगो नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ । यसैगरी ठूला उद्योगहरुले जर्किनहरुमा लगेर राख्ने सक्ने कम्पनीले जनाएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x