२३ जेठ २०८३, शनिबार

जनताका लागि आएको चामल कार्यकर्तालाई वितरण

जनताका लागि आएको चामल कार्यकर्तालाई वितरण

हुम्ला, ११ पुस– हुम्ला जिल्लामा जनताका लागि आएको अनुदानको चामल राजनीतिक दलका नेताले कार्यकतालाई बाडेंका छन् । ४ महिना अगाडिनै आउनु पर्ने चामल ४ महिनापछि आएको र सांसदहरुले कार्यकर्तालाई वितरण गरेको बताइएको छ । हुम्ला जिल्लाका प्रदेश र प्रतिनिधिसभाका सांसदहरुले ८ सय ६४ क्विन्टल खाद्यान्न आफ्ना कार्यकतालाई बाडेका हुन् ।

परिचयका लागि टोक्कन दिएको र सोही अनुसार वितरण गरेर सकाएको खाद्य संस्थानले जनाएको छ । चामल कार्यकर्तालाई  बाडेपछि हुम्लाका सर्वसाधारणले पैसा तिरेर पनि अनुदानको चामल पाउन नसकेको गुनासो गरेका छन् ।

सर्वसाधारणका लागि आएको खाद्यान्न प्रतिनिधिसभाका सांसद छक्क बहादुुर लामा र प्रदेशसभाका सांसद दल रावलले बाडेको श्रोतले बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्