२३ असार २०८३, मंगलबार

विराट र अनुष्काको विवाहको भव्य पार्टी आज, यी १० विशेष अतिथि

विराट र अनुष्काको विवाहको भव्य पार्टी आज, यी १० विशेष अतिथि

विराट कोहली तथा अनुष्का शर्माको विवाहको भोज आज मुम्बइमा हुन लागिरहेको छ । यस वर्षको सवैभन्दा बैबाहिक भोजको रुपमा उनीहरुको विवाह भोजलाई भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

मंगलबार मुम्बइको लोअर परेल स्थित होटल सेन्ट रेगिसले खेलकुद, व्यापारि तथा फिल्म र राजनीतिक जगतका हस्तीहरुलाई निमन्त्रणा गरिएको छ । 

ती मध्ये केही हस्ती विशेष रहेका छन् । 

विराट र अनुष्काको विवाहको पार्टी राति ८ बजे शुरु हुने छ । ट्राफिक जामबाट बच्नका लागि सेलिब्रेटीहरुलाई निर्धारित समयभन्दा पहिला आउन अनुरोध गरिएको छ । होटललाई भाव्यरुपमा सजाइएको छ । 
खानामा अतिथिहरुलाई पञ्जावी, इटलियन र भारतीय खाना दिइने तयारी गरिएको छ । 

पार्टीमा धेरै क्षेत्रका दिग्गजहरुको उपस्थिति हुने छ । तर त्यसमा पनि खास गरेर मुकेश अम्बानी, नीता अम्बानी, शाहरुख खान, आमिर खान, सचिन तेन्दुल्कर, प्रियंका चोपडा, एमएस धोनी, करण जोहर सहभागी हुने छन् ।

पार्टीमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीस पनि सहभागी हुने अपेक्षा गरिएको छ । 

क्रिकेटरहरु रोहित शर्मा, के एल यादव, युवराज सिंह, हरभजन सिंह, रवि शास्त्री, जहीर खान, वीरेन्द्र सहवाग जता हस्ती उपस्थित हुने अनुमान गरिएको छ । 

अनुष्का र विराट कोहलीले ११ डिसेम्बरमा इटलीमा विवाह गरेका थिए । २१ डिसेम्बरमा दिल्लीमा विवाह पार्टी भएको थियो जसमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्