२७ जेठ २०८३, बुधबार

यो देशमा खाना खाँदा आवाज निकालेको राम्रो मान्छन्

यो देशमा खाना खाँदा आवाज निकालेको राम्रो मान्छन्

काठमाडौं, ११ पुस — प्रत्येक देशको आफ्नै फरक रीतिरिवाज हुन्छ ।

हामी जापानको कुरा गर्दैछौं । जापानमा खाना खाँदाखेरी सुरुप सुरुप आवाज निकालेको (स्लर्पिङ) लाई राम्रो मानिन्छ । अतिथिलाई खाना मन परेछ भन्ने संकेत यसबाट पाइने जापानीहरूको विश्वास छ । 

जापानमा सोबा नूडल्स प्रसिद्ध छ । त्यो नूडल खाँदा सुरुप सुरुप आवाज निकालिएन भने होस्टको बेइज्जती भएको मानिन्छ । त्यस्तो आवाज निकाल्दा चाहिँ खाना गजबको बनेछ भन्ने अर्थ लाग्छ । 

सुरुप आवाज निकाल्दै उईशी नेह भनेको झन् राम्रो हुन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्