०५ साउन २०८३, मंगलबार

आधा विश्वको सम्पत्तिमा कब्जा गर्ने यी ८ व्यक्ति

कात्तिक २०, २०७४
आधा विश्वको सम्पत्तिमा कब्जा गर्ने यी ८ व्यक्ति
काठमाडौं, ९ माघ– गरिबी उन्मूलनको दिशामा काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था अक्सफैमले फोब्र्स म्यागेजिनको आंकलनका आधारमा आधा विश्वको सम्पत्ति ८ व्यक्तिसँग रहेको सार्वजनिक गरेको छ । करिब ३.६ बिलियन मानिससँग रहेको सम्पत्ति बराबर यी ८ व्यक्तिसँग रहेको छ ।  
 

आधा विश्वका सम्पत्तिका मालिक यी ८ व्यक्ति को हुन् ? थाहापाउनुस् ।

आधा विश्वको सम्पत्तिमा कब्जा गर्ने व्यक्तिहरु प्रायः प्रविधिसँग सम्बन्धित व्यापारी हुन् । यसमा ६ जना अमेरिकी , एक युरोपियन र एक मेक्सिकन रहेका छन् । यी मध्ये कोहीले आफ्नो पूरै सम्पत्ति मृत्युपछि परोपकारको लागि दान गर्ने समेत निर्णय गरिसकेका छन् ।

बिल गेट्स – ७५ बिलियन डलर

बिल गेट्स बर्षौ देखि अरबपतिको अग्रपंक्तिमा रहँदै आएका छन् । बिल गेट्सले सन १९७० को बीचमा माइक्रोसफ्ट सफ्टवेयर कम्पनीको स्थापना गरी व्यवसाय शुरु गरेका थिए ।

यस कम्पनीले कम्प्यूटरलाई घरघरमा पु–याउन मद्दत गरेको थियो । बिल गेट्सले सन २००० मा कम्पनीको सीइओ पदबाट हटेका थिए । उनले पत्नीको नाममा बनेको परोपकारी संस्था विल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनमा आफ्नो पूरा समय दिँदै आएका छन् ।

अमान्सियोओर्तेगा – ६७ बिलियन डलर
                                                                     अमान्सियोओर्तेगा

युरोपका सबैभन्दा धनी ओर्तेगाले सन १९७५ मा पहिलो फेशन पसल खोलेका थिए । अहिले ओर्तेगा इन्डिटेक्स गु्रपको नामबाट संसारभर करिब ७ हजार फेशन पसलहरु छन् । अहिले कम्पनीको बजारमूल्य करिब ९७ बिलियन यूरो छ ।

वारेन बफेट – ६०.८ बिलियन
                                                                              वारेन बफेट

ओरकल अफ ओमहाको रुपमा प्रख्यात यस अमेरिकी व्यापारीको लगानी शैलीको सबैले अनुकरण गर्छन् । सन १९४० को दशकमा किशोरावस्थामै व्यापारमा लगानी गर्न शुरु गरेका उनले आफ्नो कम्पनी बर्कशियर हैथवे स्थापना गरेका थिए ।

कार्लोस एजलिम हेलू – ५० बिलियन
                                                            कार्लोस एजलिम हेलू

मेक्सिकोका यस व्यापारीको अमेरिकामा चलिरहेको थुप्रै मोबिल कम्पनीका मालिक हुन् । तीन बर्ष अघि विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा अग्रस्थानमा रहेका थिए ।

जेफ बेजोस – ४५.२ बिलियन
                                                                             जेफ बेजोस

ऐमजोनका संस्थापक तथा सीइओ जेफ बेजोसले अनलाइन सपिङलाई लोकप्रिय बनाएर रिटेल इन्डष्ट्रीमा क्रान्ति ल्याएका थिए । अनलाइन मार्फत किताब बिक्री शुरु गरेका ऐमजोनले अहिले लाखौं उत्पादनहरु बिक्री गर्ने गर्छन् । उनले प्रतिष्ठित अमेरिकी समाचारपत्र वाशिंगटन पोस्ट किनेका थिए ।

मार्क जुकरबर्ग – ४४.६ बिलियन
                                                                मार्क जुकरबर्ग

जुकरबर्गले सन २००४ मा हार्वर्डका विद्यार्थीहरुलाई एक आपसमा जोेड्नको लागि फेसबुकको स्थापना गरेका थिए । पछि यो कम्पनी संसारभर नै लोकप्रिय बने ।

लेरी एलिसन – ४३.६ बिलियन
                                                                    लेरी एलिसन

सन १९७० को दशकमा युवा प्रोगामरका रुपमा आएका थिए लेरी एलिसन । यस प्रोजेक्टको नाम ओरकल थियो । एलिसनको ओरकलमा २७ प्रतिशत शेयर छ । अहिले उक्त कम्पनीको मूल्य १ सय ६० बिलियन डलर छ ।

माइकल ब्लूमबर्ग – ४० बिलियन

                                                                            माइकल ब्लूमबर्ग

सन १९८१ मा बित्तिय जानकारी दिने कम्पनी ब्लूमबर्गले स्थापना गरेका थिए । ब्लूमबर्गले मुख्य रुपमा फाइनान्सियल सर्बिसेज कम्पनीलाई डेटा टर्मिनल बेचेर धन आर्जन गरेका थिए । कम्पनीमा ब्लूमबर्गको ८८ प्रतिशत शेयर छ । उनी सन २००१ मा राजनीतिमा प्रवेश गरेका थिए । उनी तीनपटकसम्म न्यूयोर्क शहरका मेयर बनेका थिए । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्