०४ असार २०८३, बिहीबार

रौं ठाडो पार्ने भिडियो, गाडी दुर्घटनामा यसरी बचे बालक

रौं ठाडो पार्ने भिडियो, गाडी दुर्घटनामा यसरी बचे बालक

काठमाडौं, १२ पुस — चीनमा भएको गाडी दुर्घटनामा बचेका एक बालकको भिडियो अहिले भाइरल भइरहेको छ । 

भिडियोमा देखिएअनुसार, व्यस्त सडकमा एक बालक गाडी ठोकिएपछि गाडीबाट सडकमा खस्छन् । खसेका बालकनजिक भएर कैयौं गाडी पनि गुड्छन् तर उनलाई केही हुँदैन । 

भिडियो पूर्वी चीनको जियान्सू इलाकामा बनेको हो । कार र भ्यानको ठक्करमा एक बच्चा कारबाट बाहिर हुत्तिन्छन् । सडकमा लडेका बच्चावरिपरि गाडीहरू ओहोरदोहोर गरेको भएपनि तिनले उनलाई किच्दैनन् । 

यो घटना सीसीटीभी क्यामरामा कैद भएको छ । 

बच्चा सडकमा लडेको देखेपछि पछाडिबाट कारमा आएका मानिस ओर्लिएर उनलाई उठाउँछन् अनि नजिक रहेको अस्पतालमा तत्कालै दौडाउँछन् । बच्चालाई सामान्य चोटपटक मात्र लागेको जानकारी आएको छ । 

हेरौं भिडियो :

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्