०९ असार २०८३, मंगलबार

पिपरा गोल्डकप आगामी माघ ११ देखि

पिपरा गोल्डकप आगामी माघ ११ देखि

कलैया, १२ पुस - सिर्जनशील युवा क्लब बाराको आयोजनामा आगामी माघ ११ गतेदेखि पिपरा गोल्ड कप फुटबल हुने भएको छ । 

आज यहाँ क्लबले पत्रकारसम्मेलन गरी करिब रु ४८ लाखको लागतमा सम्पन्न हुने गोल्डकपमा भरतपुर फुटबल क्लब चितवन, विजय युथ क्बल हेटौँडा, युनाइटेड क्लब वीरगन्ज, हिमकस्तुरी क्लब लहान, सशस्त्र प्रहरीको एपिएफ, चन्द्रपुर ११ रौतहट, चौधरी ११ बारा, नेपाली सेनाको त्रिभुवन आर्मी, महोतरी ११ बर्दिवास र आयोजक गरी १० टोलीको सहभागिता रहने जानकारी दियो । 

आयोजक संस्थाका अध्यक्ष वृजमोहन चौधरीका अनुसार प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्