०४ असार २०८३, बिहीबार

साम्प्रदायीक दंगामा परी दक्षिणी सुडानमा २० जनाको मृत्यु

पुस १२, २०७४
साम्प्रदायीक दंगामा परी दक्षिणी सुडानमा २० जनाको मृत्यु

जाबा, १२ पुस - दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । 

घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताउनुभयो । 

पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ । 

जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्