०१ असार २०८३, सोमबार

सरकार बनाउन एमालेले थाल्यो पहल

पुस १३, २०७४
सरकार बनाउन एमालेले थाल्यो पहल

काठमाडौँ,  १३ पुस - नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।
 एउटै कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरू सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको खबर गोरखापत्रमा छ । 

एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरूको सल्लाहमा राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गरे ।
बताए |पार्टी एकतामा प्राथमिकता नदिई अन्य दलसँग एमालेले छलफल गर्दा माओवादी केन्द्रसँगको गठबन्धन टुट्ने त होइन भन्ने प्रश्नमा नेता पोखरेलले भने, “निर्वाचन आयोगले अन्तिम परिणाम दिएपछि सरकार निर्माणको औपचारिक प्रक्रिया सुरु हुन्छ, यस स्थितिमा एकअर्कामा अविश्वास पैदा गराउने काम भएको छ । हामी जनताबाट प्राप्त जनादेशअनुसार पार्टी एकता र सरकार निर्माणमा अघि बढ्नेछौ ।”
 

salt training

कमेन्ट गर्नुहोस्