१२ असार २०८३, शुक्रबार

पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद, ३३ प्रतिशत भारतबाट आयातीत

पुस १३, २०७४
पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद, ३३ प्रतिशत भारतबाट आयातीत

काठमाडौं, १३ पुस– नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको छ । 

ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुईसय बराबरको लागुऔषध बरामद भएको छ । त्यसमध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँ बराबरको छ । 

भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध कारोबारको ‘हब’ बनाएका छन् । ब्युरो प्रमुख डिआइजी ठुले राईले लागुऔषध कारोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले नेपालमा उनीहरुको लागि लागुऔषध कारोबार गर्ने उपयुक्त बजार रहेको पुष्टी हुने बताए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्