१० असार २०८३, बुधबार

सिंहदरबारमा  प्रतिदिन पैसा सक्ने  मिटिङ

पुस १३, २०७४
सिंहदरबारमा  प्रतिदिन पैसा सक्ने  मिटिङ

काठमाडौं, १३ पुस- केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा' र हाकिमलाई ‘कामचोर' को संज्ञा दिन थालेका छन्। नीति निर्माण तहमा पहुँच राख्ने सरकारका सचिव÷सहसचिव लगातार कोठे मिटिङमा व्यस्त हुँदा राज्यले ठोस नीतिगत प्रस्ताव-योजना ल्याउन सकेको छैन।

कर्मचारीको मिटिङमा मात्रै वार्षिक अर्बौं खर्च हुने गरेको छ भने ७५ प्रतिशतभन्दा बढी मिटिङका निर्णय कार्यान्वयनमै आएका छैनन्। मिटिङको नाममा अर्बौं खर्च भए पनि प्रतिफल प्राप्त हुन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले जानकारी दिए। ‘सिंहदरबारमा हुने गरेको मिटिङ प्रतिदिन फजुलजस्तै हुन थालेको छ। प्रतिफल ननिस्कने मिटिङको कुनै अर्थ छैन। अब यो पद्धतिमा आमूल सुधार जरुरी देखिन्छ', सचिव राईले  भने।

मुलुक संघीयतामा गइसक्दा पनि मन्त्रालयका सचिव÷सहसचिवहरूको पारा उस्तै छ। उनीहरू सेवाग्राहीको कामभन्दा परिणाम ननिस्कने मिटिङलाई नै बढी प्राथमिकता दिन व्यस्त हुने गरेको गुनासो सिंहदरबारमा भेटिएका धादिङका दृष्टिविहीन पूर्णबहादुर श्रेष्ठको छ। नेपालका सचिव÷सहसचिवलाई मिटिङबहादुर भन्दा पनि फरक नपर्ने उनी बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्