०१ असार २०८३, सोमबार

पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

कात्तिक २०, २०७४
पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

 

काठमाडौँ, ९ माघ -पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् ।

उहाँ पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँका छोरा डा चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिनुभयो । उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । रासस

salt training

कमेन्ट गर्नुहोस्