२२ असार २०८३, सोमबार

इपीएलको फाइनल प्रवेशका लागि भैरहवा र ललितपुर भिड्दै

इपीएलको फाइनल प्रवेशका लागि भैरहवा र ललितपुर भिड्दै

काठमाडौं, १३ पुस– एरेभष्ट प्रिमियर लिग (इपीएल) को फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल हुँदैछ । जसका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल बिहान ११ बजे सुरु हुनेछ।

भैरहवा पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग ८ विकेटले पराजित भएको थियो । ललितपुरले भने पोखरा राइनोजललाई एलिमिनेटरमा २७ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको हो । लिग चरणमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्