१६ असार २०८३, मंगलबार

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं, १३ पुस– नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ । लामो समयदेखि बस्न नसकेको एकता संयोजन समितिको बैठक आज बस्ने तयारी भएको हो । 


हिजो दिउँसोको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भएको ‘वान टु वान वार्ता’ कै निरन्तरता भएको बताईएको छ । संयोजन समितिको बैठक बस्न नसक्दा वाम गठबन्धनको एकीकरण प्रक्रियामा धेरैले आशंका व्यक्त गर्न थालेका छन् । सोही विषयलाई ध्यानमा राख्दै दुवै दलका शीर्ष नेताले समितिको बैठक राखेर प्रक्रिया अगाडी बढाउन अग्रसरता लिएका हुन् । 


समितिको बैठक बस्नुअघि आज पनि ओली र दाहालबीच थप छलफल हुने स्रोतले बतायो । दुई दलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र नयाँ सरकार गठनका विषयमा मिश्रित खाकामा छलफल भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्