३१ असार २०८३, बुधबार

सरकारमा सहभागिता र फोरमसँगको एकताका विषयमा निर्णायक छलफलमा राजपा

सरकारमा सहभागिता र फोरमसँगको एकताका विषयमा निर्णायक छलफलमा राजपा

काठमाडौं, १३ पुस– राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक बिहीबार बस्दैछ । नयाँ सरकारमा सहभागिता र प्रदेश नम्बर २ मा बन्ने सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

बैठकमा संघीय समाजवादी फोरमसँगको पार्टी एकताका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल हुनेछ । 

चुनावमा विजयी भएका रेशम चौधरीलाई प्रमणपत्र आफै लिन आउन सर्वोच्च अदालतले दिएको आदेश, समानुपातिक सांसद छनौटमा देखिएको विवादबारे पनि छलफल हुने राजपाले जनाएको छ । 
 बैठक बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्