०८ असार २०८३, सोमबार

पार्टी एकताका विषयमा छलफल गर्न एमालेको बैठक बस्दै

पार्टी एकताका विषयमा छलफल गर्न एमालेको बैठक बस्दै

काठमाडौं, १३ पुस– नेकपा एमाले स्थायी समितिको  बैठक आज बस्दै छ । राष्ट्रिय राजनीतिमा देखिएको समस्या समधानका विषयमा निकास खोज्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न १ बजेपछि बैठक बस्न लागेको हो । 

बैठकमा नयाँ सरकार गठन, माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचनसम्बन्धी अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयनका विषयमा छलफल हुने एमालेले जनाएको छ । 


बैठकले पार्टीले प्रदेशसभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्यामा रहने सदस्य टुङ्गो लगाई आयोगमा पठाउने बताइएको छ । प्रदेशसभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलीसम्मको समय दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्