
काठमाडौं, १३ पुस — बास्तियन योटा विलासी जीवन र पार्टीहरूका लागि प्रख्यात छन् । आफ्नी श्रीमती मारियासँग मिलेर विलासिताका तस्वीरहरू उनी इन्स्टाग्राममा हालिरहन्छन् ।
कस्मेटिक सामानहरूको व्यापार गर्ने बास्तियन अर्बपति प्लेब्वाई हुन् ।
कुनै यस्तो समय पनि थियो जतिखेर बास्तियनसँग पैसा थिएन तर अहिले उनीसँग ६४ अर्ब रुपैयाँ छ र महिनाको एक करोड त उनी भोगविलासमै खर्च गर्छन् ।
जर्मनीमा हुँदा उनी दिनदिनै स्विमिङ पूल पार्टी गर्थे । तर छिमेकीहरूलाई उनको पार्टीबाट आउने हल्लाखल्ला मन पर्दैनथियो ।
हुन पनि हरेक दिन उनको घरमा चर्को संगीत र चिच्याइरहेका महिलाहरूको आवाज आउँथ्यो ।
बास्तियन चाहिँ आफ्नो घरमा सुन्दर युवतीहरू आउने गरेका छिमेकीको डाहाले जलेको बताउँथे ।
छिमेकीहरूको लगातार गुनासोका कारण बास्तियनले देशै छोडेर हिँड्नुप–यो । अहिले उनी श्रीमतीका साथ अमेरिकाको लस एन्जेलसमा बस्छन् । जर्मनी छोड्नुपरेको दुःख आफूलाई भएको उनी बताउँछन् ।
बास्तियन प्रत्येक रात १० देखि २० लाख रुपैयाँ खर्च गर्छन् । पैसाको कुनै मतलब छैन उनलाई ।
उनीसँग महंगा विलासी गाडीहरू टन्नै छन् । अहिले उनी जुन घरमा बसिरहेका छन् त्यसको भाडा नै प्रतिमहिना ११ लाख रुपैयाँ छ ।
एजेन्सी