
काठमाडौं, १३ पुस — पृथ्वीको सबभन्दा दक्षिण भागमा तिएरा देल फ्युगो टापु छ । चिली र अर्जेन्टिनाको बीचमा बाँडिएको यो ठाउँ आबादी भएको संसारको अन्तिम कुनो हो ।
बाँकी संसारबाट अलग रहेको यो टापुलाई बेल्जियमका फोटोग्राफर ब्रिट वांगेच्तेनले आफ्नो क्यामरामा कैद गरेका छन् ।
ब्रिट एल फिन देल मुन्दो परियोजनाका लागि सन् २०१२ मा देल फ्युगो टापु पुगेका थिए ।
त्यहाँ उनको क्रेडिट कार्ड ब्लक भयो र डेबिट कार्डले पनि काम गरेन । ब्रिटले जम्मा १२० युरो खर्च गरेर यहाँ पाँच दिन बिताए ।
तिएरा देल फ्युगो अर्जेन्टिनामा रहेको एक लाख २७ हजार २०५ जनसंख्या भएको एक प्रान्त हो । सबभन्दा दक्षिण भागमा रहेको यो ठाउँमा मानिसहरू मुश्किलले जीवन बिताइरहेका छन् ।
यो पहाड, सामुद्रिक किनार र हिमताल भएको इलाका हो । यहाँ अत्यन्तै चिसो हुन्छ अनि हिउँसहितको तूफान चलिरहन्छ ।
यहाँ धेरै पर्यटकहरू आउँछन् तर उनीहरू राजधानी वा मुख्य शहरमा मात्र पुग्छन् । खराब सडक र रेलमार्ग सुविधाको कमी भएकाले कतै आउनजान मुश्किल छ ।
फोटोग्राफर ब्रिटले पर्यटकहरूलाई फलो गर्नुभन्दा पनि आफ्नै तालले यस ट्रिपको मज्जा लिए । उनी संसारबाट टाढा रहेको ठाउँमा क्यामरा लिएर पुगे ।
सन् २०१२ मा त्यहाँ पुगेका ब्रिट सन् २०१६ मा पनि गएका थिए ।





एजेन्सी