
काठमाडौं १३ पुस– सरकारले दुवै मृगौलाले काम नगर्ने बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुई मृगौलाले काम नगर्ने अशक्त बिरामीलाई मासिक ५ हजार रुपैयाँ
उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले पुरातत्व विभागले तोकेको मापदण्डअनुसार रानी पोखरीको पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिने निर्णय गरेको छ ।