
काठमाडौं, १३ पुस– साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीवार) शेयर बजार दोहरो अंकले घटेको छ । बिहीबार शेयर बजार परिसूचक (नेप्से) १०.७३ अंकले घटेर १४१४.७८ विन्दुमा पुग्यो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स बिहीबार २.५१ अंकले घटेर २९७.६२ विन्दुमा पुग्यो ।
बिहीवार होटेल, ट्रेडिङ र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक ओरालो लाग्यो । सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक १६.२६ अंकले घट्यो । यस्तै विकास बैंक समूहको परिसूचक १२.४७ विन्दुले ओरालो लाग्यो ।
बिहीवार नेप्सेमा १८ लाख ६१ हजार ६५ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँको कारोबार भयो ।
बिहीबार सबैभन्दा बढी स्टाण्डर्ड चाटर्ड बैंकको २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।