१९ असार २०८३, शुक्रबार

नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदै, गतबर्ष ३ करोड ८२ लाख जुत्ता उत्पादन

नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदै, गतबर्ष ३ करोड ८२ लाख जुत्ता उत्पादन

काठमाडौँ, १३ पुस -नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । 

गत वर्षको तथ्याङ्कअनुसार नेपाली बजारमा गत वर्ष सात करोड ६२ लाख ४४ हजार १८६ जोर जुत्ता खपत भएकामा तीन करोड ८२ लाख ९४ हजार ७९३ जोर जुत्ता स्वेदेशी उद्योगबाट निर्मित रहेका थिए । 

नेपाल छाला जुत्ता उत्पादक संघका अनुसार हाल नेपालमा ६० भन्दा बढी जुत्ता उद्योग रहेका छन् । उद्योगमा रु ३० अर्बभन्दा बढी लगानी रहेको छ । उद्योगबाट उत्पादित जुत्ता विदेशमा समेत निर्यात हुन थालेको छ । गत वर्ष रु दुई अर्ब बराबरको जुत्ता निर्यात भएको संघले जनाएको छ । 

यसैबीच ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ नाराका साथ १४आँै औद्योगिक प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । छ दिने सो प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित जुत्ता तथा यसका लागि आवश्यक कच्चापदार्थको १३५ वटा कक्ष रहेको छ । 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वदेशी उद्योगलाई प्रवद्र्धन गरी यसका उत्पादनलाई निर्यात गराउन सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने नीति लिएको बताउनुभयो । उहाँले आयतलाई क्रमशः स्वदेशी उत्पादनले विस्थापित गराउँदै लैजान आवश्यक रहेको जोड दिनुभयो । 

“आत्मनिर्भर अर्थतन्त्रले मात्र आर्थिक समृद्धि हासिल हुन्छ, उहाँले भन्नुभयो– “राजनीतिक स्थायित्वका साथ अब मुलुक आर्थिक समृद्धिको यात्रामा अगााडि बढ्छ ।” 

संघका अध्यक्ष रविनकुमार श्रेष्ठले जुत्ता उत्पादनमा नेपाल क्रमशः आत्मनिर्भर हुन थालेको बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्