
भक्तपुर, १४ पुस— सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोट भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुणशंकर तिमिलाको निधन भएको छ ।
१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका ४९ वर्षीय तिमिलाको बिहीबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा निधन भएको हो । सशस्त्र प्रहरी बल गुहेश्वरी गणका अनुसार तिमिला निमोनियाँ भएपछि पाँच दिनअघि केन्द्रमा भर्ना भएका थिए, कान्तिपुरमा खबर छ ।