के तपाइँलाई थाहा छ लेखाइले तपाइँको व्यक्तित्वको बारेमा धेरै जानकारी दिने गर्छ । लेखाइबाट उसको व्यक्तित्वको बारेमा सजिलै जान्न सकिन्छ ।
१.अक्षरको आकार कस्तो छ ?
सानो अक्षर लेख्नेको एकाग्रता अधिक हुने गर्छ । यस्ता व्यक्तिले जीवनलाई संकीर्णताका रुपमा सोच्ने र आफ्नो उदेश्यप्रति निकै दृढ हुने गर्छन् ।
ठूलो अक्षर लेख्ने व्यक्ति आफ्नो जीवनप्रति उदार हुने गर्छन् । छिट्टै निराश नहुने तथा आफ्नो मानसम्मानप्रति धेरै हेक्का राख्ने गर्छन् ।
२.लेख्दा कतिको घोटेर लेख्नुहुन्छ ? अक्षर लेख्दा धेरै दबाब दिएर लेख्ने व्यक्ति भावुक हुन्छन् भने कम घोटेर लेख्ने व्यक्ति आफ्नो भावना सजिलै अरुसँग नभन्ने खालको हुने गर्छन् ।
३. लेख्दा अक्षरको बीचमा कतिको अन्तर राख्नुहुन्छ ?
लेख्दा अक्षरको बीचमा कम अन्तर राख्ने व्यक्ति समय व्यवस्थापनमा निपुण हुन्छन् । अक्षरहरुका बीच बराबर अन्तर राख्ने व्यक्ति जीवनमा आइपर्ने समस्यालाई सुल्झाउन खप्पिस हुन्छन् । सबै चीजलाई राम्रो व्यवस्थापन गर्ने तथा मानसिक रुपमा पनि स्वस्थ हुने गर्छन् ।
अक्षर लेख्दा धेरै अन्तर राख्ने व्यक्ति स्वतन्त्र हुन मनपराउँछन् । यस्ता व्यक्ति आफ्नो साथी सर्कल सीमित राख्न मनपराउँछन् ।
४. तपाइँको लेखाइ कता ढल्किन्छ ? लेख्दा बायाँतिर ढल्काएर लेख्ने व्यक्ति अन्तरमूखी स्वभावको हुन्छन् । र, उनीहरु स्वतन्त्र रहन मनपराउँछन् । दायाँतिर ढल्काएर लेख्ने व्यक्ति आफ्नो साथीहरुसँग घुलमिल हुन बढी मनपराउँछन् तर आफ्नो मुड अनुसार । सीधा अक्षर बनाएर लेख्ने व्यक्ति आफ्नो भावनालाई सकुशल तरिकाले नियन्त्रण गर्न निपुण हुन्छन् । यिनीहरु काम गर्दा धेरै सोचविचार गरेर मात्रै काम गर्छन् ।
५. तपाइँको वाक्य कुनदिशा जान्छ ? लेख्दा माथितिर गयो भने त्यस्ता व्यक्ति बढी आशावादी हुने गर्छन् । उनीहरु सँधै मुडमा रहने प्रयास गर्छन् । वाक्य लेख्दा तलतिर ढल्किँदै गयो भने त्यस्ता व्यक्ति बढी तनावग्रस्त र थकित हुने गर्छन् ।
लेख्दा तान्दै लहरा जस्तै बग्दै गयो भने थाहापाउनु पर्छ त्यस्ता व्यक्तिको मनमा स्थिरता हुँदैन ।
६.लेख्दा अक्षरलाई कतिको जोड्नु हुन्छ ?
अक्षर लेख्दा जोडेर लेख्ने व्यक्ति अधिक तार्किक र व्यवस्थित मान्न सकिन्छ । र, उनीहरु लामो सोचपछि मात्रै निर्णयमा पुग्ने खालको हुन्छन् ।
अक्षर लेख्दा छुट्टा छुट्टै लेख्ने व्यक्ति बुद्धिमान र सरल हुने गर्छन् ।
७.अंग्रेजी अक्षरi कसरी लेख्नुहुन्छ ?
i लेख्दा चुलबुले आकारमा लेखियो भने यस्ता व्यक्ति बढी चन्चल र रचनात्मक हुने गर्छन् । र, उनीहरु अरुभन्दा अलग देखिने गर्छन् ।
i लेख्दा अव्यवस्थित गरेर लेख्ने व्यक्तिले सानो सानो कुरामा ध्यान राख्ने खालको हुन्छन् ।
८.अंग्रेजी अक्षर t को माथिको धर्काले के बताउँछ ?
t लेख्दा माथिको धर्सा माथितिर बग्ने खालको भयो भने तपाइँ आत्मसम्मानलाई बडो ध्यान दिने खालको हुन्छन् भने हरबखत अरुसँग तुलना गर्दै बस्ने बानी हुन्छ । एजेन्सी