१६ असार २०८३, मंगलबार

रुकुममा पखालाको प्रकोप, बालबालिका बढी प्रभावित

पुस १४, २०७४
रुकुममा पखालाको प्रकोप, बालबालिका बढी प्रभावित

रुकुम, १४ पुस– रुकुम पश्चिममा पखालाको प्रकोप देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा दैनिक बिरामी बढिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

बिहीबारसम्म जिल्ला अस्पताल सल्लेमा मात्र २५ जना पखालाका बिरामीले नियमित उपचार गराइरहेका छन् । जिल्लामा अहिले दुई वर्षमुनिका बालबालिकामा पखालाले संक्रमण गरेको जिल्ला अस्पताल सल्लेका डा यज्ञप्रसाद विसीले जानकारी दिए । 

पखालाका कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन । अहिले देखापरेको पखाला नसर्ने भएको उनले बताए । जिल्ला अस्पताल र अन्य गाउँमा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ । 

अहिले बिरामीले सरकारी स्वास्थ्य संस्थामा औषधि पाउन छोडेपछि निजी औषधि पसलबाट चर्काे मूल्यमा औषधि किन्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा बिरामीको चाप निकै बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्