२५ असार २०८३, बिहीबार

रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ कार्यकालका लागि उम्मेदवारी दर्ता, प्रतिपक्षी नेता उम्मेदवार बन्न अयोग्य

रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ कार्यकालका लागि उम्मेदवारी दर्ता, प्रतिपक्षी नेता उम्मेदवार बन्न अयोग्य

मस्को, १४ पुस -रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गर्नुभएको छ । 

आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उहाँले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको अधिकारीहरूले बताएका छन् । 

उहाँको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ । 

पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाउनु भएको छ । 

रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै पुटिनले शासन गर्नुभएको छ । 

लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ बर्षिय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउनु हुनेछ । 

यस पटक पनि एक दिन अगाडी ख्याती प्राप्त व्यक्तिहरु, राजनीतिज्ञहरु र खेल क्षेत्रका अगुवाहरु गरी झण्डै छ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए । 

यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए । उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पुर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिनु भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्