०७ साउन २०८३, बिहीबार

फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेशका लागि झापा ११ सँग मोरङ ११ भिड्दै

फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेशका लागि झापा ११ सँग मोरङ ११ भिड्दै

पाँचथर, १४ पुस– फिदिममा जारी नवौं फाल्गुनन्द गोल्डकपमा शुक्रबार अन्तिम सेमिफाइनल खेलमा झापा ११ र मोरङ ११ भिड्दैछन् । आजको विजेताले आगामी पुस  १६ गते फाइनल खेलमा सुनसरी ११ सँग प्रतिस्पर्धा गर्ने छ । 


यसअघि हिजो भएको खेलमा अग्नी रुपन्देही ११ लाई ३—१ गोलअन्तरले पराजित गर्दै सुनसरी ११ फाइनलमा प्रवेश गरेको हो । फाल्गुगन्द गोल्डकपको नवौं संस्करणमा पहिलोपल्ट पाँचथर पुगेको रुपन्देही ११ सेमीफाइनलबाटै बाहिरिन बाध्य भयो । 


गोल्डकपको यस सिजनको विजेताले उपाधी सहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्