०५ साउन २०८३, मंगलबार

नीता थापाले जितिन् ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि

फागुन ३, २०८२
काठमाडौं
नीता थापाले जितिन् ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । 

शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी थापाले उपाधि उचालेकी हुन् । 

‘भ्वाइस अफ नेपाल’को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । 

कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए ।

फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे ।

salt training

कमेन्ट गर्नुहोस्