०१ असार २०८३, सोमबार

भारतबाट थप १९० मेगावाट बिजुली ल्याइँदै, मुलुकभर लोडसेडिङ नहुने

कात्तिक २०, २०७४
भारतबाट थप १९० मेगावाट बिजुली ल्याइँदै, मुलुकभर लोडसेडिङ नहुने
काठमाडौँ, २६ मङ्सिर - विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप १९० मेगावाट बिजुली आयात गर्ने भएको छ । आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ, आजको कान्तिपुर दैनिकमा खबर छ ।transmission_tower

प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो । हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ । राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ ।

लोडसेडिङ न्यूनीकरण कार्यक्रमअन्तर्गत नै प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र नेपाल–भारतका परम्परागत विद्युत् नाकाको स्तरोन्नति गरी मुलुकमा आवश्यक परेका बेला भारतबाट थप बिजुली आयातको व्यवस्था गरेको हो । मुलुकमा बिजुली बढी भएमा त्यहाँबाट भारतका बिजुली बेच्न सकिनेछ ।





salt training

कमेन्ट गर्नुहोस्