१५ असार २०८३, सोमबार

नेपालको आगामी दशकबारे प्यानल छलफल सम्पन्न

फागुन ८, २०८२
काठमाडौं
नेपालको आगामी दशकबारे प्यानल छलफल सम्पन्न

स्टुडेन्ट्स फर लिबर्टी नेपालको आयोजनामा नेपालको आगामी दशक विषयक प्यानल छलफल सम्पन्न भएको छ । जेभियर इन्टरनेशनल कलेजमा भएको कार्यक्रममा विज्ञहरूले आगामी १० वर्षमा नेपालको आर्थिक रूपान्तरण, डिजिटल अवसर र शासन प्रणालीमा गर्नुपर्ने सुधारबारे चर्चा गरेका थिए ।

कार्यक्रममा आईएमई खल्तीका सह-संस्थापक अमित अग्रवालले नेपालमा २ खर्ब बराबरको आईटी निर्यात गर्ने क्षमता रहेको उल्लेख गर्दै युवाहरूलाई 'ल्याण्डलक' मानसिकता त्याग्न आग्रह गरे । उनले डिजिटल प्लेटफर्मविरुद्ध हुने कडा नियमनले स्टार्टअप र आई इकोसिस्टममा असर पारिरहेको बताए । डिजिटल सम्पत्ति अधिकार सुरक्षित गर्नुपर्नेमा उनले जोड दिए । 

महान्यायाधिवक्ता सविता भण्डारीले वर्तमान 'जेन-जी' पुस्ताको मुख्य माग सुशासन रहेको बताइन् । सन् २०२५ को डिजिटल स्वतन्त्रता आन्दोलनपछि महान्यायाधिवक्ताको कार्यालय 'सरकारको वकील' मात्र नभई 'संविधानको संरक्षक'को रूपमा विकसित भइरहेको उनले तर्क गरिन् । 

आर्थिक विश्लेषक मुरहरि पराजुलीले नेपालले राजनीतिक क्रान्ति पूरा गरे पनि आर्थिक क्रान्ति बाँकी रहेको बताए । उनले भियतनामको उदाहरण दिँदै आयात शुल्क घटाएर मध्यम वर्गलाई लाभ पुर्‍याउनुपर्ने र राज्यको अनावश्यक हस्तक्षेप कम गर्नुपर्ने सुझाव दिए ।

यस्तै, डा. अर्जुन सिंह साउदले केवल सैद्धान्तिक शिक्षाले मात्र नहुने भन्दै डिजिटल सीप र प्राविधिक दक्षतामा लगानी बढाउनुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा एआईको स्थानीयकरण गर्न र शिक्षा प्रणालीलाई उद्योगको आवश्यकताअनुसार सुधार गर्न जोड दिए ।

null

छलफलको अन्त्यमा वक्ताहरूले आगामी दशकलाई 'आर्थिक रूपान्तरणको दशक' बनाउनुपर्नेमा सहमति जनाए । कार्यक्रमको समापन गर्दै संस्थाकी क्षेत्रीय संयोजक प्रसिदिका ढुङ्गानाले व्यापार स्वतन्त्रता, कानूनी निश्चितता र डिजिटल नवप्रवर्तन अब विलासिता नभई विकासको आधारभूत पूर्वाधार हुनुपर्ने सन्देश दिए ।

salt training

कमेन्ट गर्नुहोस्